युवासंघले नयाँवानेश्वरमा चक्काजाम गर्ने

काठमाडौं, पुष १५ । बाँके कोहलपुरमा हिजो बेलुका युवा संघ नेपालका केन्द्रीय कमिटी सदस्य सन्तोष बुढाथोकीमाथि भएको हमलाको विषयलाई लिएर युवासंघले आज बानेश्वरमा चक्काजाम गर्ने भएको छ ।

अपरान्ह १४ः ३० बजेदेखि चक्काजाम गर्ने कार्यक्रम रहेको युवासंघले जनाएको छ ।

बुढाथोकीलाई राती ९ बजे बाँकेको कोहलपुरमा खुकुरी प्रहार भएको हो । उनको अवस्था गम्भिर रहेको केन्द्रीय कमिटीले जनाएको छ ।

हत्यारालाई तत्काल कारवाही गर्नुपर्ने दवावस्वरुप युवा संघले चक्काजामको कार्यक्रम अघि सारेको हो ।

कमेन्ट गर्नुहोस्