मधेसी मोर्चाको निर्णयः संशोधन पास नभई चुनाव हुन नदिने

काठमाडौं, १५ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन संशोधन प्रस्ताव संसदबाट पास नभई कुनैपनि निकायको चुनाव गर्न नदिने निर्णय गरेको छ ।
बिहिबार र शुक्रबार बसेको मोर्चाको बैठकले चुनावको मिति घोषणा गर्नु अघि नै संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने माँग गरेको छ ।

याे पनि पढ्नुस  सप्तरी घटनाले मध्य तथा पूर्वी तराई तनावग्रस्त

मोर्चाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण संविधान संशोधन प्रस्ताव अलपत्र परेको र राजनीतिक गतिरोध लम्बिएको निष्कर्ष निकाल्दै त्यसको विरोध गरेको छ । मोर्चाले यही पुस १८ गते देशभरका जिल्ला सदरमुकाममा बिरोध सभा गर्ने निर्णय पनि गरेको मोर्चाका नेता मनिष सुमनले जानकारी दिए ।

याे पनि पढ्नुस  मधेस जान समस्या भएको भन्दै ओलीले गरे गृहमन्त्रीलाई फोन

madhesi-morcha

फाइल तस्वीर

कमेन्ट गर्नुहोस्