भारतमा कोइला खानी भत्किदाँ दश जनाको मृत्यु, भारतीय प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

झारखण्ड (भारत), पुष १६ । पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानी बिहीबार राती भत्किँदा कम्तीमा दश जनाको मृत्यु भएको यहाको प्रहरीले शुक्रबार जनाएको छ । घटनामा १३ जना अन्य खानीभित्र फसेका र उनीहरूको अवस्थाबारे कुनै जानकारी पाउन नसकिएको प्रहरी अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  नरेन्द्र मोदीले पाकिस्तानी आकाश प्रयोग गरेबापत झण्डै तीन लाख तिर्नुपर्ने

झारखण्ड राज्यको गोद्डा जिल्लामा भएको उक्त घटनाको उद्धार कार्य जारी रहेको बताइएको छ । घटनापछि केहीलाई घाइते अवस्थामा उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको छ ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कोइला मन्त्री पियुस गोयल, र झारखण्डका मुख्यमन्त्रीले घटनामा निधन भएका मजदूरप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका आफन्तजनप्रति सहानुभूति प्रकट गरे ।

याे पनि पढ्नुस  मोदीको नागरिक अभिनन्दनमा यसरी उतारिँदैछ लाखौं जनता, कुन जिल्लाबाट कति ?

प्रधानमन्त्री मोदीले शुक्रबार दिउसो टवीट् गर्दै भनेका छन् “झारखण्डमा कोइलाखानीमा भएको दुर्घटनाले मलाई स्तब्ध तुल्याएको छ । यस घडीमा खानीमा फसेका मजदुरको जीवनका लागि म भगवानसँग प्रार्थना गर्दछु ।”

भारत कोइला उत्पादनको लागि विश्वमा नै तेसं्रो स्थानमा पर्ने राष्ट्रको रुपमा रहेको छ । आफ्नो देशमा आवश्यक रहेको कोइलाको ६० प्रतिशत भारतको उत्पादनले पुग्ने बताइन्छ । रासस

याे पनि पढ्नुस  सोमबारदेखि अमेरिकाले प्रतिबन्ध लागू गर्ने भएपछि भारतको तिहार बिग्रिने आशंका

कमेन्ट गर्नुहोस्