ब्राजिल । बाजिलका लागि ग्रीसका राजदूतको हत्या भएको छ । हत्याको आशंकामा प्रहरीले राजदूत किरिआकोस अमरीदिसकी श्रमिती र तीन अन्यलाई हिरासतमा लिएको छ । ग्रिसका राजदूत सोमबारदेखि बेपत्ता थिए ।
शुक्रबार रियो द जेनेरियोको बाहिर क्षेत्रमा एउटा जलेको कारभित्र उनको लास फेला परेको थियो । प्रहरीले राजदूतकी श्रीमती र एकजना स्थानीय प्रहरीबीच प्रेम प्रसंग चलिरहेको र दुवै मिलेर राजदूतको हत्या गरेको आशंका गरेको छ । १५ वर्षदेखि सँगै रहेका राजदूत र उनीकी श्रीमतीको १० वर्षको छोरी छिन् ।
राजदूत बस्ने घरको सोफामा रगतका छिटा देखिएकोले घरमा नै हत्या गरेर कारमा राखेर आगो लगाइएको अनुमान गरिएको छ ।