लागु औषधसहित दुई पक्राउ

लहान, पुस १६। सिरहा नगरपालिका– ११ बाट लागू औषधसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ निवासी २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे– ५ निवासी २९ वर्षीय लालबहादुर खड्का रहेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  ढल्केबर सबस्टेसन निर्माण सन्तोषजनक : प्रधानमन्त्री (फोटो फिचरसहित)

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडक खण्डबाट २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेटसहित दुबै जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

कमेन्ट गर्नुहोस्