बग्दादमा एकसाथ दुईवटा बम विस्फोटहुँदा २८ को मृत्यु, ५० घाइते

पुुस १६ – इराकको राजधानी बग्दादमा एकै समय दुई वटा बम विष्फोट हुँदा २८ जनाको ज्यान गएको छ भने अन्य ५० भन्दा बढी घाइते भएका छन् ।

व्यस्त बजारमा लगातार भएको सो बम विस्फोट भएको हो ।

एउटा बम कार स्पेयर पार्टसको पसल नजिकै भएको र केही बेरमा मानिसहरु जम्मा भएपछि आत्मघाती बम विस्फोट भएको बिबिसीले जनाएको छ ।

याे पनि पढ्नुस  इराक हवाई हमलामा ६३ काे मृत्यु

विष्फोट कसले र किन गरायो भन्ने बारे हालसम्म केही खुलेको छैन । पछिल्लो समय इराकका कुनै पनि भिडभाड भएको स्थानमा उग्रवादी हमला भइरहेको छ ।

कमेन्ट गर्नुहोस्