पुष्पा महरा
पुस १६ । बलिउडमा लामो समयदेखि काम गरिरहेका नाम कहलिएका हिरोहरु आमिर खान, सलमान खान, अक्षय कुमारहरुले नै बलिउडमा यो वर्ष टप स्थान पाए । उनीहरुले अभिनय गरेका चलचित्रहरुले नै बलिउड बक्स अफिसमा १०० करोड ओभरको कलेक्सन गरे । झण्डै ९० को दशकबाट फिल्मी करियर सुरु गरेका यी हिरोहरुले यस वर्षको टप पाँच वटा फिल्मलाई छान्ने हो भने टप चार वटासम्म यी हिरोहरुले नै स्थान ओगटेका छन् ।
बलिउडमा यस वर्ष एक सयभन्दा बढी चलचित्रहरुले प्रदर्शन गरे । तर ८ वटा फिल्मले मात्रै बलिउड बक्स अफिसमा एक सय करोड भन्दा माथि उठ्न सफल भयो ।
सुल्तान
यस वर्षको पहिलो स्थानमा सुल्तान पर्न सफल भएको छ । यशराज फिल्मसले दिएको जानकारी अनुसार यस फिल्मले ३००.४५ करोड भारु उठाउन सफल भयो ।
सलमान खान र अनुष्का शर्माबीचको पहलवानीको कथावस्तु समेटिएको यस फिल्मलाई अली अब्बास ज़फ़रले निर्देशन गरेका थिए । यस वर्षको सुपरहित फिल्मको पहिलो दर्जामा फिलम ‘सुल्तान’ रहन सफल भयो ।
दंगल
हालैमात्र प्रर्दशनमा आएको आमिर खानको फिल्म दंगल यो वर्षको दोस्रो स्थानमा पर्न सफल भएको छ । स्पाइस पिआरले दिएको जानकारी अनुसार हालसम्म १७६.९८ करोड रकम संकलन गरेको छ । यस फिल्ममा हरियाणाको पूर्व पहलवान महावीर सिंह फोगाट तथा उनकी छोरीहरु गीता र बबीता फोगाटको जीवनीमा आधारित छ । निर्देशक नितेश तिवारीले निर्देशन गरेको यस फिलिमले निकै नै चर्चा पाएको छ ।
एम एस धोनी (द अनटोल्ड स्टोरी)
एम एस धोनी (द अनटोल्ड स्टोरी) यस वर्षको तेस्रो स्थानमा पर्न सफल भयो । फक्स पीआरका अनुसार एम एस धोनीले १३३.०४ करोड रकम उठाउन सफल भएको थियो ।
भारतका सफल क्रिकेट कप्तान धोनीको निजी जीवनमा आधारित यस फिल्मलाई सफल निर्देशक नीरज पाण्डेले निर्देशन गरेका हुन् ।
फिलममा अभिनेता सुशांत सिंह राजपूतले धोनीको भूमिका निर्वाह गरेका छन् ।
एयरफिफ्ट
चौथो स्थानमा यस वर्ष एयरलिफ्ट रहन सफल भएको छ । टी सिरिजले दिएको जानकारी अनुसार यस फिलिमले १२९ करोड उठाउन सफल भएको हो । सन् १९९० मा कुवेतमा इराकले गरेको हमलापछि कुवेतमा फसेका भारतीय नागरिकहरुलाई सुरक्षित तवरले भारत लैजाने कथा यस फिल्ममा समावेश गरिएको छ ।
यस फिल्मका मुख्य पात्र अभिनेता अक्षय कुमारले जुन व्यक्तिको नाममा भूमिका निर्वाह गरेका थिए ‘रंन्जित कटियाल’ ती नाम गरेको व्यक्ति भने कुवेतबाट भारत आएका व्यक्तिहरुमध्येमा थिएनन् । पछि यसबारे प्रश्न उठ्दा अक्षयले यसबारे नाम भने काल्पनिक रहेको स्वीकारेका थिए ।
रुस्तम
वर्षको पाँचौ स्थानमा यस वर्ष अक्षय कुमारले अभिनय गरेको फिल्म रुस्तम परेको छ । यस चलचित्रले १२७.४२ करोड रकम संकलन गर्न सफल भएको जीले जनाएको छ ।
देशभक्तिले ओतप्रोत यस फिलिम के.एम.नानावटीमाथि चलेको हत्या आरोपको विस्तृत घटनाक्रम देखाइएको छ । आफ्नै श्रीमतीको प्रेमीलाई मारेर पनि हत्यारालाई न्यायलयबाट सफाया मिल्छ । त्यसका कारण चलचित्रमा उतारिएको छ ।
यी त भए वर्षभरिका टप पाँच चलचित्र । त्यस्तै वर्षमा १०० करोडको हाराहारीमा रहेका अन्य चलचित्रहरु जो क्रमसंख्याको आधारमा छैठौ स्थानमा पर्न सफल चलचित्र हो नीरजा । २१ करोडको लगानीमा बनेको यस फिल्मले ७५.६१ करोड रुपैयाँ उठाएको थियो । कम लगानीमा बनेको यस फिलमले निर्माता निर्देशकलाई राम्रो फाइदा दिन सफल भएको हो ।
त्यस्तै एक सय करोडको हाराहारीमा रकम उठाउँन सफल अन्य फिलिमहरुमा अक्षय कुमारको हाउसफुल ३ ले १०७.७० करोड, करण जौहरको विवादित फिलिम ए दिल है मुस्किलले ११२.४९ करोड तथा अजय देवगणको दिवाली रिलिज शिवायले १००.२५ करोड उडाउन सफल भएका थिए ।
एजेन्सीकाे सहयाेगमा