परराष्ट्रमन्त्री महतले भने- ‘एमालेले राष्ट्रियतालाई कमजोर बनाउन खोज्यो’

चितवन, पुस १६ ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियता मजवुद बनाउनका लागि बिपीको मेलमिलापको सिद्धान्त अहिलेको सन्दर्भमा महत्वपूर्ण रहेको बताएका छन्।
प्रजातान्त्रिक विचार समाज चितवनले ४१ औंँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज यहाँ आयोजना गरेको “मेलमिलाप दिवसको सन्दर्भ र सान्दर्भिकता” विषयक विचार गोष्ठीमा बोल्दै मन्त्री डा महतले बिपीको मेलमिलाप नीतिमा सबैको विचार एक हुनुपर्छ भन्ने होइन, एउटै विधिबाट देश चल्नुपर्छ भन्ने सन्देश रहेको बताए।

याे पनि पढ्नुस  परराष्ट्रमन्त्री महत आज कतार जाँदै

उनले विधिको शासनमार्फत समाज परिवर्तन आजको आवश्यकता रहेको बताउँदै राजनीतिक बहस भन्दा अवको समयमा विकासका बहस हुन जरुरी भएको विचार व्यक्त गरे। आर्थिक रुपमा कमजोर मुलुक भएकाले विदेशीले आफ्नो दबाब देखाउन खोज्नु स्वाभाविक भएको भन्दै उनले विदेशीको चासो र चिन्तालाई एकैपटकमा हटाउन नसकिने बताए।

याे पनि पढ्नुस  भुटानी शरणार्थी स्वदेश फर्किन पाउनुपर्छः परराष्ट्रमन्त्री

पछिल्लो समय राष्ट्रियतालाई गलत ठाउँबाट उठान गरिएकाले राष्ट्रियतामाथि आघात पुग्न जाने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले मेलमिलाप दिवस केवल देखावटी रुपमा मात्रै मनाउँदै आइएको बताउँदै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राखिन्। बिपीको मेलमिलाप नीतिले राष्ट्रियता मजवुद बनाउने बताउँदै उनले अहिलेको राजनीतिक सन्दर्भमा बिपीको मेलमिलाप नीतिको आवश्यकता अरु बढिरहेको बताइन्।

याे पनि पढ्नुस  भुटानी शरणार्थीलाई उनीहरुकै देश फर्काउनुपर्छ-पराराष्ट्रमन्त्री महत

कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय सचिव डा ईश्वरी लौडारी, प्राडा देवीप्रसाद कँडेललगायतले राष्ट्रिय मेलमिलापको महत्व माथि प्रकाश पारेका थिए। रासस

कमेन्ट गर्नुहोस्