काठमाडौं, पुस १६ । काठमाडौंको बालाजु, धर्मस्थली, थली, कपन, बालकोट लगायतका ठाउँमा वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत देशका पश्चिमी तथा मध्य क्षेत्रमा अहिले मौसम बदली भइरहेको छ ।
पश्चिमी वायुका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै दुई दिनसम्म मौसममा यस्तै बदली हुने पूर्वानुमान गरिएको मौसमविद सुभाष रिमालले जानकारी दिए । तर ठूलो पानी भने नपर्ने उनले बताए । पानी परेपछि चिसो पनि बढ्दै छ ।