अब बलात्कारका घटनामा ७ देखि २० वर्ष जेल सजाय हुने

काठमाडौं, पुष १७ ।  अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ।  बलात्कारमा अब २० वर्षसम्म सजाय हुन सक्नेछ।यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।   सरकारले ल्याएको विधेयकभन्दा उपसमितिले सजायको दरलाई दोब्बर बनाएको हो।  मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा दश वर्षको सरकारी प्रस्तावलाई उपसमितिले २० वर्ष बनाएको हो।  उपसमितिले बाल बलात्कारको सजायमा दोब्बर बनाएको हो।

याे पनि पढ्नुस  १६ वर्षमुनिका बालबालिकामाथि ५० प्रतिशत भन्दा बलात्कारका घटना

विधेयकमा बलात्कार लगायतका घटनामा पीडितलाई पीडकबाट तत्काल भराउन सक्ने अवस्था नभएमा राज्यकोषबाट अन्तरिम क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको छ।

कमेन्ट गर्नुहोस्