नयाँ वर्षको पार्टीमा आक्रमण, ३५ को मृत्यु, दर्जनौ घाइते

इस्तानबुल, पुष १७ । नयाँ वर्ष मनाइरहेको बेला भएको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । टर्कीको इस्तानबुलमा एउटा रात्री क्लबमा आक्रमण भएको हो । घटनामा ४० बढी घाइते भएको बताइएको छ ।

टर्कीको अर्टाकोएमा रहेको रेयना रात्री क्लवमा स्थानीय समय अनुसार राति साढे १ बजे आक्रमण भएको एजेन्सीहरुले जनाएका छन्।

याे पनि पढ्नुस  टर्कीमा आक्रमणको तयारी गरिरहेका ४७ व्यक्ति पक्राउ

नयाँ बर्ष मनाइरहेको समय सान्टा क्लसको पोशाकमा आएका २ जना आक्रमणकारीले अन्धाधुन्ध गोली प्रहार गरेको टर्की प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । स्थानीय प्रशासनले उच्च सर्तकता अपनाउदै १७ सय प्रहरी खटाएको छ । आक्रमण भएको स्थान आसपासका सर्वसाधरणलाई पनि सावधान रहन प्रशासनले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्