सिएनएन, इस्तानबुल(टर्की) पुस १७ । टर्कीको इस्तानबुलस्थित एक नाइट क्लबमा भएको आक्रमणमा प्रहरी एक अधिकारी सहित कम्तिमा ३५ जनाको मृत्यु भएको त्यहाँका गर्भनरले बताएका छन् ।
नाइटक्लवमा चरमपन्थी आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।
स्थानीय समय अनुसार राति अवेर करिव डेढ बजेतिर भएको आक्रमणमा कन्तिमा ४० जना घाइते भएका छन् । रेना नामको नाइट क्लबमा भएको आक्रमणको समयमा सयौं मानिस उपस्थित थिए ।