आज ठूलो भर्याङमा अनुमतिपत्र बनाउने कार्यालयको उद्घाटन

काठमाडौं, पुस १७ । आइतबारदेखि काठमाडौंको ठूलो भर्याङमा सवारी चालक अनुमतिपत्रका लागि नयाँ कार्यालय खुल्दैछ ।

यस कार्यालयको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले समय १० बजे गर्नुहुने छ ।

अबदेखि कार्यालयबाट विद्युतीय सवारी चालक अनुमतिपत्र अर्थात स्मार्ट ड्राइभिङ लाइसेन्सको लागि फारम लिने, लिखित परीक्षा दिने लगायत सेवा दिइने यातायात व्यवस्था विभागले जनाएको छ ।

ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय बागमतीले उपभोक्ताको चाप थेग्न नसक्ने भएपछि उपत्यकामा थप तीनवटा कार्यालय खोल्न लागेको छ ।

काठमाडौंको चावहिल र भक्तपुरको सुर्यविनायकमा पुस २७ गतेदेखि थप कार्यालय पनि उद्घाटन गर्ने तयारी रहेको मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए ।

यातायात व्यवस्था विभागका अनुसार नयाँ तीनवटै कार्यालयमा ३६÷३६ जना कर्मचारी रहनेछन् ।

यस्तै नयाँ कार्यालयबाट लाइसेन्स लिन अनलाइनबाट पनि फारम भर्न सकिने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्