नयाँ वर्षको सुरुकै दिन घट्यो सुनको भाउ

काठमाडौं, पुस १७ । अंग्रेजी नयाँ वर्षको सुरुकै दिन सुनचादीको भाउ घटेको छ । सुन आइतबार तोलामा ३ सय रुपैयाँले घटेर ५२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नयाँ वर्षको अवसरमा अन्तर्राष्ट्रिय बजार आइतबार र सोमबार बन्द हुने भएकाले सोमबार पनि यही भाउमा कारोबार हुने महासंघले बताएको छ ।

गएको हप्ता सुनको भाउ एक हजार रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा डलर मजबुत भएपछि सुनको भाउ घटेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: