मौसमविद् भन्छन्- आज दिनभर पानी पर्न सक्छ

काठमाडौं, पुस १७ । विहानैदेखि धुम्मिएको काठमाडौंमा आज दिनभर पानी पर्नसक्ने मौसमविद्ले जनाएका छन् । काठमाडौं उपत्यकालगायत आसपासका पहाडी जिल्लाहरुमा अहिले मध्यान्हदेखि फाट्फुट्ट पानी परिहरहेको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

शनिबारदेखि हिमाली जिल्ला ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखालगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । दोलखाको च्योर्दुङ डाँडामा हिउँ पर्दा पटासे, ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

कमेन्ट गर्नुहोस्