चिसोले सामुदायिक स्कुल बन्द

कपिलवस्तु, पुस १७ । लगातार बढ्दै गएको चिसोका कारण कपिलबस्तुमा सामुदायिक स्कुल बन्द गर्नुपर्ने अवस्था आएको छ । शीतलहर र चिसोसँगै बढेको जाडोका कारण जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको हो ।

सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका अधिक सङ्ख्यामा रहेका र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना हुन थालेपछि आइतबारदेखि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयको वार्षिक पात्रोअनुसार वर्षे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताए ।

केही दिनयता जिल्लामा दिनभर हुस्सु लाग्ने, शीत पर्ने र जाडो बढ्दै गएपछि सर्वसाधाणको जनजीवन पनि प्रभावित बनेको हो ।

जाडोका कारण बालबालिका तथा वृद्धवृद्धाहरु बढी मारमा परेका छन् । जाडो छल्नका लागि उनीहरुले आगो तापेर बसीरहेका भेटिन्छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: