‘मेरी छोरी बचाइदिनुस्’

पुष्पा महरा

काठमाडौं, पुस १७ । छोरीको उपचारमा सहयोगका लागि रोल्पाका दुर्गा बहादुर पुनमगरले अपिल गरेका छन् । रोल्पा खुमेल गाविस– ५ निवासी ४० वर्षीया लक्ष्मी पुन मगरकको दुवै मृगौलाले काम गर्न छोडेपछि उनका बाबुले सहयोगका लागि अपिल गरेका हुन् ।

लामो समयदेखि लक्ष्मी काठमाडौको त्रिवि शिक्षण अस्पतालपछि हाल ललितपुरको सुमेरु अस्पतालमा डाइलोसिस (Dialysis) गराउँदै आइरहेकी छिन् ।

याे पनि पढ्नुस  रोल्पाका ६० प्रतिशत जनता टेलिफोनको पहुँचमा

‘डाक्टरले दुवै मृगौला फेर्नुपर्छ भनेका छन्, भएको सम्पत्ति पनि उपचारमै सकियो, अब कसैले सहयोग गरिदिए बाँच्थी कि छोरी’– लक्ष्मीका बुबा दुर्गा बहादुर पुनमगरले भने ।

श्रीमानले अर्कै श्रीमती लिएर हिँडेपछि माइतीमा बस्दै आएकी लक्ष्मीका दुई छोरा एक छोरी छन् । लक्ष्मीको उपचार खर्च हालसम्म बाबु दुर्गाले नै गर्दै आएका छन् ।

याे पनि पढ्नुस  रोल्पाली कृषक आधुनिक बाख्रापालनतर्फ आकर्षित

लक्ष्मीको मृगौला फेर्न आफूले नसक्ने भएपछि सहयोगी हातहरु खोज्दै भौतारिइरहेका छन् दुर्गा बहादुर पुन ।

उनलाई कोही दातृ संघ संस्था तथा स्वदेशी विदेशी मित्रहरुले सहयोग गर्न चाहेमा आफ्नो सम्पर्क ठेगाना तथा बैंक खाना नंम्बर पनि दिएका छन् ।

दुर्गा बहादुर पुनमगर ९७४८५०२८८१
नेपाल राष्ट्र बैंक लिमिटेड कान्तिपथ, काठमाडौं स्थित खाता नं। २१७०१०००१९४८११०००००१ मार्फत उनलाई सहयोग गर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्