आइतबारबाट नेपाल टेलिकमको फोर–जी सेवा शुरु

काठमाडौं, पुस १७, आइतबारबाट नेपाल टेलिकमले “फोर जी” मोबाइल सेवा सुरु गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले फोर–जी सेवाको औपचारिक शुभारम्भ गरे ।

फोर जी सेवाका लागि थप अतिरिक्त शुल्क भने नलाग्ने नेपाल टेलिकमले जनाएको छ । थ्री जी सेवाकै महसुल दरमा फोर जी सेवा लिन सकिने छ । पोस्टपेड मोबाइल सेवाका ग्राहकले भने यही जनवरी महिनाभित्र चार दिनका लागि चार जीबी डाटा सित्तैमा पाउनेछन् ।

फोर जी सेवा चल्ने मोबाइल सेटबाट ग्राहकले *४४४# डायल गरी फोरजी सेवा एक्टिभ गर्न सक्ने नेपाल टेलिकम वायरलेस निर्देशनालयका प्रमुख अशोककुमार थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्