संविधान संशोधन विधेयकविरुद्धको रिटमा सर्वोच्चमा बहस सुरु

काठमाडौं, पुष १७ । सर्वोच्च अदालतमा संविधान संशोधन विधयेकविरुद्ध परेको रीट निवेदनमाथि सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधिकश सुशिला कार्की र न्यायाधिक इश्वरप्रसाद खतिवडाको इजलासमा आइतबारबाट बहस सुरु भएको हो ।

बहसको अन्तिम फैसला कहिले हुने हो भन्ने टुंगो लागेको छैन ।

सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो ।

सर्वोच्चले भने अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा रिट निवेदक र सरकार दुबैको राय सुनेपछि फैसला गर्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: