बैद्य र न्यौपानेबीच पार्टी एकता

काठमाडौँ, पुस १७ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माअोवादी र भूपेन्द्र न्यौपानेको  कम्युनिस्ट न्युक्लियस नेपाल पार्टीबीच एकता भएको छ ।

आइतबार एक कार्यक्रमबीच बैद्य र न्युक्लियस नेपालका संयोजक भूपेन्द्र न्यौपानेले संयुक्त रुपमा पार्टी एकता भएको घोषणा गरेका हुन् ।

याे पनि पढ्नुस  माेहन बैद्यको प्रस्ताव : माओवादी केन्द्रसंग पनि एकता गरौँ

सो अवसरमा माओवादी क्रान्तिकारीका अध्यक्ष वैद्यले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन र राष्ट्रियता बचाउन कम्युनिष्ट शक्तिको एकताको खाँचो औँल्याउँदै मुलुकमा वैज्ञानिक समाजवाद स्थापना गर्न जनवादी क्रान्ति सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

सोही पार्टीका प्रवक्ता हरिभक्त कँडेल र वामपन्थी नेता परि थापाले विभिन्न वामपन्थी पार्टीका शीर्ष नेतृत्वमा कम्युनिस्ट सिद्धान्तप्रति विचलन आएकाले पनि जनतामा कम्युनिस्ट आदर्श र विचारप्रति भ्रम सिर्जना हुँदै गएको भनी चिन्ता व्यक्त गरे ।

याे पनि पढ्नुस  एउटै मञ्चमा बैद्य, प्रचण्ड र बाबुराम, कुलमानलाई सम्मान गर्दै प्रचण्डले भने–‘मेरो सपना पूरा गर्नुभयो बधाई’

कम्युनिस्ट न्युक्लियस नेपालका संयोजक न्यौपानेले मुलुकलाई विखण्डनबाट जोगाउनुपर्ने र जनताले परिवर्तनपछि राखेका आशालाई पूरा गर्नुपर्नेमा जोड दिए ।

कमेन्ट गर्नुहोस्