आजपनि पनि बढ्यो नेप्से

काठमाडौं, पुस १७ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार पनि बढेको छ । अंग्रेजी नयाँ वर्षको सुरुको दिन नेप्से २२ दशमलब ५५ अंकले बढेको हो । नेप्से बढेपछि सेयर लगानीकर्ताहरु हर्षित बनेका छन् । २२.३४ अङ्कले बढेर परिसूचक १४६५.७२ अङ्कमा पुगेको छ ।

याे पनि पढ्नुस  करीब दुई अर्बको शेयर कारोबार

यो दिन समग्रमा बजार १.५५ प्रतिशतले बढेको छ । १३४ कम्पनीको १३ लाख सात हजार ६५ कित्ता सेयर ५७ करोड ३३ लाख ५० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । बजार बसेपनि सेयर कित्ता र कारोाबर भएका कम्पनीको आधारलाई हेर्ने हो भने कारोबार रकम बढन सकेको छैन ।

याे पनि पढ्नुस  शेयर बजारमा मंगलबारको तुलनामा ५ गुणा बढी कारोबार

nepse

आइतबार वित्त र उत्पादन तथा प्रशोधन बाहेकका समूहको परिसूचकमा सुधार भएको छ । होटेल समूहको परिसूचक ३५.६४, वाणिज्य बैङ्क समूह २९।३४, बिमा समूहको २७।६७, जलविद्यूत समूहको २६.१ र अन्य समूहको परिसू्चक ७।५२ अङ्कले उकालो लागेका छन् ।

आइतबार टेलिकमको नौ करोड ४२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ८५ लाख, एभरेस्ट बैंककको दुई करोड ८० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

कमेन्ट गर्नुहोस्