खुकुरी हानी वन रक्षकको हत्या

काठमाडौ, पुष १७ । ताप्लेजुङमा एक जना वन रक्षकलाई खुकुरी हानी हत्या गरिएको छ । जिल्लाको खोक्लिङ गाविसका इलाका वन कार्यालयका कर्मचारी गणेश शाहीको खुकुरी हानी हत्या गरिएको छ ।

निजी वन र सामुदायिक वन सीमानाको विवादका विषयमा छलफल भइरहेका बेला स्थानीय सविन लिम्बूले एक्कासी खुकुरी प्रहार गरेका थिए ।

याे पनि पढ्नुस  श्रीमतीले प्रहार गरेको लौरोबाट श्रीमान्को घटनास्थलमै मृत्यु

निजी वन र सामुदायिक वन सीमानाको विषयमा शनिबार भएको छलफल टुंगोमा नपुगेपछि आइतबार पुनः भएको छलफलकाक्रममा विवाद भएपछि शाहीमाथि आक्रमण भएको हो ।

हत्या पछि फरार आरोपी सविन लिम्बूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्