आज दिउँसो १ बजे संसद बैठक बस्ने

काठमाडौं, पस १८ । आज दिउँसो १ बजे पुन संसद बैठक बस्ने भएको छ । संविधान संसोधन प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको हो ।
संसद सचिवालयमा संविधान संसोधन प्रस्तवा दर्ता भएपछि लगातार सात पटक सम्म संसद अबरुद्ध हुँदै आएको छ ।

आज बस्ने संसद बैठकमा संसोधनको विषयमा टेबुल गर्ने बताइएको छ । तर आज पनि प्रतिपक्ष एमालेले संसद अबरुद्ध पार्ने तयारी गरेको छ । सत्तापक्ष भने जसरी पनि संसोधन प्रस्तावलाई टेवुल गर्ने तयारीमा छ ।

सरकार र मधेसी मोर्चाबीच संविधान संसोधन भए निर्वाचनमा जाने सहमति भइसकेको अवस्थामा आजको संसद बैठकलाई महत्वपुर्ण रुपमा हेरीएको छ ।

संविधान अपुर्ण भएको भनी आन्दोलन गर्ने मधेसी मोर्चाले माग सम्बोधन गर्न मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: