सहमति खोज्न शीर्ष तीन दलको बैठक सिंहदरबारमा

काठमाडौं, पुस १८ । अहिले केहीबेरमा  प्रमुख तीन दलको बैठक सिंहदरबारमा बस्दै छ । संविधान संसोधनको विषयमा सहमतिको प्रयास खोज्न प्रमुख तीन दल छलफलमा जुट्न लागेका हुन् ।

प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको बैठक करिब बिहान ११ बजे सिंहदरवारमा बस्न लागेको प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यलयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीको सहभागिता रहने बताइएको छ ।

संविधान संसोधन र निर्वाचनको विषयमा प्रतिपक्ष एमालेसंग छलफल गरेर सहमतिको बाटो खोज्न सत्तापक्षले आजको बैठक बोलाएको हो ।

संविधान संसोधनमा असहमति जनाउँदै लगातार सात पटक सम्म संसद अबरुद्ध पार्ने प्रतिपक्ष एमालेलाई संसोधन र निर्वाचनको विषयमा सहमति गराउन र बिद्यमान राजनीतिक गतिरोध अन्तय गर्न आजको छलफल केन्द्रित हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: