सर्लाहीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा २ को ज्यान गयो, ५० घाइते

काठमाडौं, पुस १८ । सर्लाहीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जना विद्यार्थीको ज्यान गएको छ । परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थी बोकेको ना३ख ७६६८ नम्बरको रिजर्ब बस पूर्वपश्चिम महेन्द्र राजमार्गको पथलैया–निजगढ खण्डको दुधौरा खोलामा दुर्घटना भएको हो ।

उनीहरु हेटौंडाको सहीद स्मारकबाट पिकनिक खाएर घर फर्कदै गरेको अवस्थामा आइतबार राति पुलबाट खस्दा ५० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।

याे पनि पढ्नुस  बस दुर्घटना र आगलागीमा १३ जनाको मृत्यु

सर्लाही परवानीपुर १ का १५ बर्षीया रबिना बज्यू र सोही ठाउँ वडा ५ का २० वर्षीय सन्देश बस्नेतको मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ।

मृतकको शव वीरगन्जस्थित उपक्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घाइतेहरुको प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।

याे पनि पढ्नुस  बस दुर्घटनामा मृत्यु

सर्लाहीको परवानीपुरस्थित डीम उच्च माविका विद्यार्थीहरु उक्त बस ‘रिजर्भ’ गरी नयाँ वर्षको अवसरमा ‘पिकनिक’ गएका थिए।

घाइतेहरुको सिमरास्थित तराई अस्पताल र वीरगन्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको सिमरा इलाका प्रहरी कार्यालयले जनाएको छ।

फाइल तस्वीर

कमेन्ट गर्नुहोस्