काठमाडौं, पुस १८ । भारतको कोलकातामा भएको पहिलो खुल्ला टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले १२ स्वर्णसहित ३५ पदक जितेको छ ।
पाँचदिनसम्म चलेको सो च्याम्पियनसिपमा नेपालले १२ स्वर्ण, ८ रजत र १५ कास्य पदक जितेको हो । त्यस्तै नेपाली टोलीका प्रशिक्षक रोसन खान उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।
चितवन जिल्ला तेक्वान्दो कार्यसमितिको ब्यवस्थापनमा ४३ खेलाडीको सहभागिता रहेको थियो ।
च्याम्पियनसिपमा नेपाल, कोरिया, मलेसिया, जापान, इन्डोनेसिया बंगलादेशलगायत ९ देशका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।