दिल्लीका मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार

१८ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ।

आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको भारतीय संचार माध्यमले जनाएको छ ।

विमुद्रीकरणको विरोधमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो । उनीमाथि जुत्ता प्रहार गर्नेलाई स्थानीयले कुटपीट गरी प्रहरीलाई बुझाएका छन् ।

याे पनि पढ्नुस  बिहारमा प्रहरी विद्रोह, १७५ प्रहरी बर्खास्त, थुप्रै अधिकारीहरू गिरफ्तार हुनसक्ने

मुख्य मन्त्री केजरीवालले भने जुत्ता प्रहारका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले यस्तो हर्कत गरेको बताएका छन । मन्त्री केजरीवालले आफ्नो ट्वीटरमार्फत लेखेका छन्, ‘मैले प्रधानमन्त्री मोदीलाई नोटबन्दीका विषयमा काँतर हुन् भनेको थिए, आज मोदीले आफ्ना चम्चाको प्रयोग गरी जुत्ता प्रहार गर्न लगाए । हामी पनि त्यति कमजोर छैनौ जति तिमी सोचिरहेका छौ । तर हामी त्यति घटिया काम गर्दैनौ । तिमी चाहे जुत्ता हान्न लगाऊ, चाही सीबीआईबाट रेड हान्न लगाऊ । तर म नोटबन्दीको मामिलामा तथ्यकुरा भनेरै छाड्छु ।’

कमेन्ट गर्नुहोस्