कुवेत, पुस १८ । कुवेतको सुभानमा एक नेपालीलाई अर्का नेपालीले हत्या गरेका छन् ।
आइतबार अल यासरा फुड कम्पनीमा कार्यरत मोरङका २६ वर्षीय जिवन भट्टरार्इलार्इ सोही कम्पनीमा कार्यरत रसुवा घर भएका राजेश ग्यावाले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
एउटै कम्पनीमा कार्यरत उनीहरु करिब ८ महिनापहिला रोज़गारीको लागि कुवेत गएका थिए । मृतक जिवन मिल्स स्टोरमा कार्यरत थिए भने राजेश ड्राइभर थिए ।
राजेशले क़रिब एक महिना पहिलादेखि आफूलार्इ मानसिक समस्या रहेको बताउदै गत डिसेम्बर २२ तारिकदेखि कम्पनीमा राजिनामा दिएर कोठामै बसेको बताइन्छ ।
घटनापछि घटनास्थल पुगेको कुवेत प्रहरीले राजेश ग्यावासहित सोही कोठामा बस्ने लालबहादुर बोहोरा र राम बाबु दमाइलार्इ नियन्त्रणमा लिएको लिई अनुसन्धान थालेको छ ।