सभामुखले बोलाइन शीर्ष नेतासहित कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडौं, पुस १८ । सभामुख ओनसरी घर्तीले प्रमुख दलसहित संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । एमाले लगायतका प्रतिपक्षी दलले सोमबारको संसद बैठक  अवरोध गरेपछि अहिले दुई वजेदेखि प्रमुख दलसहितको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी हुन् । बैठकमा प्रमुख दलका शीर्ष नेताहरु उपस्थित रहेको सभामुख घर्तीका प्रेस सल्लाहकार बासुदेश शर्मा(वविन) ले जानकारी दिए ।

सभामुख घर्तीले दलहरुलाई सबै दलहरुको सहमतिमा संशोधन प्रस्तावलाई टेबल गराउन सहमति जुटाउन बैठक राखेको शर्माले जानकारी दिए । स्थगित बैठक चार बजे पुन:बस्दैछ ।

यसअघि सभामुखले दलहरुलाई सहमति गर्न तीन दिनको समय दिएकी थिइन र सहमित नभए आफूले प्रक्रिया अघि बढाउने सभामुखले बताएकी थिइन ।

मंसिर १४ गतेदेखि संसद बैठक अवरुद्ध हुँदा सरकारले संसदमा पेश गरेको अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग र निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण कानुन संशोधन विधेयक टेबल गर्न पाएको छैन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: