पुस १८ । भारतको सिलगुढीमा भएको महिला साफ च्याम्पियनसिपमा फुटबल खेलमा भारतसँग नेपाल पराजित भएको छ ।
खेलको पहिलो हाफमा १–० ले पराजित भएको नेपाल खेलको अन्तिमसम्ममा आइपुग्दा ३–१ ले नेपाल पराजित भएको हो ।
नेपाल र भारतले यसअघिका तीनै संस्करणमा फाइनल खेलेका थिए । तीन संस्करणमा भारत विजयी भएको थियो ।
नेपाल सेमिफाइनलबाटै पराजित भएको यो पहिलो पटक हो ।