बुर्तिबाङदेखि रुकुमसम्म सिधा बस सेवा सञ्चालन

मध्यपहाडी राजमार्गले जोड्दै पहाडी जिल्ला

बिमल खड्का

बुर्तिबाङ (बाग्लुङ) पुस १८ । मध्य पहाडी लोकमार्गको प्रस्तावित दशौं व्यवस्थित शहर मध्ये चर्चित बुर्तिबाङबाट रुकुमको खलङ्गासम्म सिधा बस सेवा सञ्चालनमा आएको छ । रुकुम र बागलुङको सीमा जोडिएका गाविसका जनतालाई पोखरा, काठमाडौं, बुटवल आउजाउमा सहज हुने भएको छ ।

बुर्तिबाङ बस व्यवसायी समिति बुर्तिबाङ र सिस्ने हिमाल यातायात व्यवसायी संघसँगको सहकार्यमा सिधा बस सञ्चालनमा ल्याईएको छ । आइतबार बुर्तिबाङ बसपार्कमा समितिका महासचिव नरहरि भुसालले रिवन काट्दै औपचारिक कार्यक्रमको उद्घाटन गरि रुकुम खलङगासम्म औपचारिक रुपमा बस सेवा सञ्चान गरिएको हो ।

यस्तै उद्घाटन पछि यातायत ब्यवसायी, समितिका कर्मचारी, पत्रकार सहितको टोलीलाई लिएर एउटा बस रुकुमकोट पुगेको छ ।

उक्त टोली त्यहाँ पुगे लगत्तै स्थानीयहरुले फुलमाला सहित भब्य स्वागत गरेको थिए । रुकुमको खलङगा देखि बाग्लुङको बुर्तिबाङसम्म बस तथा जिप सञ्चालनमा गरेकोमा स्थानीय बासिन्दा हर्षित बनेका थिए । स्थानीयले सामूहिक रुपमा उद्घाटन पछि त्यहाँ पुगेको टोलीलाई भव्य स्वागत गरेका थिए ।

यस्तै बुर्तिबाङ बस ब्यवसायी समिति र सिस्ने हिमाल यातायात ब्यवसायी समितिका पदाधिकारी विच रुकुमको मैकोटमा परिचयात्मक कार्यक्रम गरी सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी लोकमार्गको स्तरीरणसँगै यात्रुहरुको माग समेतलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गरिएको बुर्तिबाङ यातायात व्यवासायी समितिका महासचिव भुषालले बताए ।

९५ किमि दुरीमा रहेको सडक एकतर्फी यात्रा गर्न ७ देखि ८ घण्टा लाग्ने समितिले जनाएको छ । यस्तै सोमबार रुकुमको मैकोटमा अर्को उद्घाटन गरि बुर्तिबाङका लागि बस छुटेको भुसालले बताए ।

दैनिक रुपमा एक–एकवटा बस बुर्तिबाङबाट मध्यपहाडी लोकमार्गमा रुकुमको काँक्रीहुँदै खलङ्गा आवत जावत गराइने छ । सिधा बस सेवा सुरु भएपछि यात्रुलाई आवतजवत गर्ने, सामान ढुवानी गर्न र मध्यपहाडी लोकमार्गको सडक पहुँच क्षेत्रमा उत्पादिन सामग्रीको बजारिकरणमा सजिलो हुने विश्वास गरिएको छ ।

तस्वीर : एभरेष्टदैनिक फाइल, रुकुमकाेट दह छेउँ बस कुर्दै गरेकी एक महिला

साभारः जयलन्यूज डटकम

कमेन्ट गर्नुहोस्

%d bloggers like this: