कतारबाट ‘कृपा’ लोक दोहोरी गीति एल्बमको विमोचन

कतार, पुस १८ । लामो समयदेखि कतारमा बस्दै आएका प्रेमप्रसाद भट्टराईको पहिलो लोक दोहोरी गीतको भिडियो एल्बम ‘कृपा’ सार्वजनिक गरिएको छ ।
कतारको एसियन टाउन सनैयामा मंसिर १५ गते गीति एल्बम विमोचन गरिएको हो ।

आइबोस ग्लोबलले आयोजना गरेको नयाँ वर्ष नाइट सांस्कृतिक कार्यक्रममा नेपालका म्युजिक भिडियो डाइरेक्टर तथा नेपालकै चर्चित मोडल शंकर विसि, चर्चित लोक दोहोरी गायक पशुपति शर्मा चर्चित आधुनिक गायक रुपकुमार राई नायिका सुर्जनी केसी चर्चित लोक दोहोरी गायिका तथा मोडल ज्योती मगर गायिका सहिमा श्रेष्ठ गायिका तथा मोडल कोपिला गुरुङ डान्सर रश्मि तामाङ र प्रेम प्रसाद भट्टराईको हातबाट सुयक्त रुपमा सार्वजनिक गरिएको थियो ।

kripa-a

नेपालको खोटाङ जिल्ला बुइपा गाविस वडा ८ राम्चे गाउँमा जन्मेर कतारमा बस्दै आएका भट्टराईको उक्त एल्वमा तीनवटा दोहोरी गीत र भिडियो रहेका छन् ।
भट्टराई आफैँले लेखेको र संगीत दिएको उक्त एल्वममा भट्टराई र गायिका सत्यकला राईको स्वर रहेको छ । एरेन्ज संगीतकार तथा एरेन्जर पावल चाम्लिङ राईले गरेका छन् । भिडियो डाइरेक्सन शंकर विसीले गरेका हुन् भने मोडलिङ पार्वती राई र संकर विसिले गरेका छन् ।

२ नम्बर गीतमा गायक राई नवीन र आभा मुकारुङ ले स्वर दिएका छन एरेन्जमा बलराम समाल रहेका छन भिडियोमा अन्य कलाकारहरु रहेका छन ।
३ नम्बरको गीतमा प्रेमप्रसाद भट्टराई र गायिका पार्वती राईको स्वर रहेको छ भने एरेन्ज बलराम समालले गरेका छन् भिडियोको डाइरेक्सन शिव विक ले गरेका छन् भने मोडल सरिका केसी प्रेम प्रसाद भट्टराई र आबिश गौतम लगायत कलकारहरुले गरेका छन् । यो एल्वमलाई रिभेन्ज म्युजिक क्रियशन नया बानेश्वरले बजारमा ल्याएको हो । ‘कृपा’ एल्बम बुबा धर्मानन्द भट्टराई र आमा दिलकुमारी भट्टराईलाई समर्पण गरिएको छ ।

गीति एल्वम विमोचनमा बोल्दै भट्टराईले आफ्नो पहिलो प्रस्तुतिबारेमा सुझाव दिन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: