आन्दोलन मर्यादित बनाउन कार्यकर्तालाई एमालेले दियो निर्देशन

काठमाडौँ,पुस १९ । नेकपा (एमाले) ले आफूसहित नौ विपक्षी राजनीतिक दलले यही पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनका तयारीका लागि मर्यादित व्यवहार प्रदर्शन गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

एमालेका सचिव एवम् केन्द्रीय सचिवालय सचिव प्रदीपकुमार ज्ञवालीका अध्यक्षतामा मूल व्यवस्थापन उपसमितिको आजको बैठकले जनप्रदर्शनका तयारीका सन्दर्भमा भएका कामको समीक्षा गर्दै तोकिएको नारा मात्र प्रयोग गर्न र प्रदर्शनलाई मर्यादित तथा व्यवस्थित बनाउन निर्देशन दिएको हो । संविधान संशोधन विधेयकका विरोधमा विपक्षीले सो दिन राजधानीमा प्रदर्शन गर्न लागेका हुन् ।

याे पनि पढ्नुस  एमालेको मेची महाकाली अभियानलाई विथोल्दै मोर्चा

एमाले सचिव तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गरी निर्वाचनको मिति घोषणा गर्नुपर्नेलगायत माग विपक्षीको रहेको जानकारी दिए। रासस

कमेन्ट गर्नुहोस्