केपी ओलीको गृह जिल्लामा प्रचण्ड, सुपर जोन धान क्षेत्रको उद्घाटन

काठमाडौं, पुष १९ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ केही दिन अगाडी तेर्हथुमको संक्रान्ति बजारमा आगलागि भई ३२ घर नष्ट भएको  पिडीतहरुलाई राहत बाड्न तेर्हथुम पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले त्यहाँ आगलागीबाट पिडीतहरुलाई प्याकेजमा राहत बाँड्ने छन् । त्यसपछि उनी झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्तर्गत  सुपरजोन धान क्षेत्रको उद्घाटन गर्ने  कार्यक्रम रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापा हो । प्रधानमन्त्रीले त्यहाँ कार्यकर्तासंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: