संघर्ष आफ्नो घर बनाउन

आफ्नो घर, सबैको सपना हुन्छ । तर यो सपना सबैको कहाँ पुरा हुन्छ र ?

कतिपय देशमा जग्गा जमिन सस्तो हुने या आर्थिक अवस्थ राम्रो हुनेहरुले समयमा नै घर बनाउन सफल हुन्छन् तर यो सपना सबै देशका नागरिकलाई भने सहज हुन्न । खासगरी अमेरिका र ब्रिटेनमा त यो एउटा सपना नै हो ।

यही सपना पुरा गर्न मानिसहरुले केसम्म गर्दैनन् ? कष्टपूर्ण काम गरेर पैसा जुटाउनुदेखि अचम्म लाग्ने काम समेत उनीहरुले गर्छन ।

त्यसो त एउटा कल्याणकारी राज्यका लागि आफ्नो नागरिकलाई बस्न घर र खान खानेकुरा उपलब्ध गराउनु पर्ने जिम्मेवारी हुन्छ । तर यो आदर्श सरकारको परिभाषा दिने पुस्तकका पानामा मात्रै सीमित भएको छ ।

अमेरिका हरेकको सपना हुन्छ, तर त्यही अमेरिकामा घर किन्न भने सबैको सपनाले पुरा हुन्न । एउटा तथ्यांकले भन्छ– अमेरिकामा ३५ वर्ष उमेर भएका करिब ७७ प्रतिशतले आफ्नो घर किन्न सकेका हुँदैनन् ।

किनकी अमेरीकामा जग्गा निकै महँगो छ । आम मानिसहरुले जीवनभर कमाएको पैसा बचाएर मात्र आफू बस्न लायकको घर किन्न सफल हुन्छन् ।

अमेरीकामा आफ्नो घर बनाउने हो भने जागिरको मात्र भर नपरेर बैकल्पिक स्रोतको खोजी गर्न अहिले मानिसहरु सिपालु भइसकेका छन् ।

अमेरीकाका क्रिस्टोफर गिरहार्ट जब ३३ वर्षका थिए, उनी आफ्नो घर किन्ने सपना पुरा गर्न अरकंसास शहरको जेल परिसरभित्र २५ डलरमा एउटा कोठा भाडामा लिए । जहाँ उनीसँग अरु धेरै मानिसहरु मिलेर बस्थे ।

घरको लागि चाहिने आवश्यक सामान पनि उनी सस्तोमा जेलबाट लिने गर्थे । यसरी उनले आफू केही समय कष्टकर जीवन विताएर भएपनि आफ्नो घर किन्नको लागि आवश्यक पर्ने पैसा बचाएका थिए ।

टेक्सासमा बस्ने डेनियल हेम्स र उनको श्रीमान दुवैको फुल टाइम जागिर थियो । उनीहरुले १८ महिनामा आफ्नो घरको लागि पुर्व भुक्तानीको पैशा जम्मा गरेका थिए । उनीहरु पाँच वर्ष सस्तो भाडाको घरमा बसे । उनीहरुले जागिरको सट्टा अर्को पनि काम सुरु गरे ।

उनीहरुले कुकुर स्याहार गर्ने काम गर्न थाले । उनीहरु अझै घर किन्ने सपनाले यही दुईवटा काम गर्दै आएका छन् । यो कामले परीवारलाई समय दिन नसकेपनि उनीहरुले यसलाई केही समयको सम्झौता सम्झिएका छन् ।

अर्को वर्ष घर किन्न सक्ने उनीहरुले अनुमान गरेका छन् । सबैजना जेलमा जस्तो सस्तो कोठामा बस्न सक्दैनन् उनीहरु कमाउनको लागि अर्को विकल्प पनि खोजिरहेका हुन्छन् ।

रियल स्टेट फाइनान्स कंपनीको सह–संस्थापक इवान हैरिसको भनाईमा उनको धेरै ग्राहक उवर क्याव चलाएर ६ देखि ७ महिनामा १७ हजार डलर कमाउँछन् । जुन पैसाले एउटा सानो घर किन्नको लागि पुर्व भुक्तानीको लागि धेरै हुन्छ ।

आरामदायक जीवन हरेक व्यक्तिले चाहेको हुन्छ । तर त्यसको लागि मिहेनत निकै गर्नुपर्छ । जर्जिया कैनयोन र उनको साथी २००९ मा भाडाको घरमा बस्थे । भाडा तिर्दा तिर्दै उनीहरुसंग पैसा जम्मा नै हुँदैनथे ।

त्यसपछि उनीहरु भाडा तिर्न पनि असमर्थ हुन थाले । यसैले उनीहरुले आफ्नो घर किन्ने हो भने भाडाको घर छोड्नुपर्ने सोचे । उनीहरु स्कुलको होस्टेलमा बस्न थाले । जहाँ कुनै सुविधा थिएन ।

तैपनि सम्झौता गर्दै उनीहरु एक वर्षसम्म त्यहाँ बसेर आफ्नो घर किन्न पैसा बचाए ।

कोही कोही पैसा बचाउन आफ्नो दैनिक जीवनको खर्च कटाएर सम्झौता गर्छन भने कसैले घुम्न, पार्टी गर्न छाडेर खर्च कटौती गर्छन ।

कोही कोही घर किन्नको लागि निकै मिहेनत गर्छन र साथीहरुसँग मिलेर पार्टनरमा घर किन्छन् । यसरी उनीहरुलाई भाडामा बस्न पर्दैन ।

तर जो साथीसंग मिलेर घर किनेको हुन्छ उसंग सधैै सम्वन्ध राम्रो नहुन सक्छ । घर बेच्न परेमा पनि समस्या हुन सक्छ । यसैले यो तरिकाले घर किन्न उनीहरु निकै सचेत हुन्छन् ।

बीबीसीबाट

कमेन्ट गर्नुहोस्