धनगढी, पुस १९ । कैलालीको पहलमानपुरको थापापुर गाविस–६ का २५ वर्षीया राजु चौधरी प्रेमलाल चौधरीको हत्यामा गरी फरार रहेको दुई वर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । चौधरीको हत्यामा राजु संलग्न रहेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घटनापछि फरार रहेका राजुलाई जनकपुर प्रहरी चौकी, कैलालीको टोलीले दुई दिनअघि पक्राउ गरेको हो ।
बेहडाबाबा मन्दिरमा लागेको मेला जान भनी घरबाट हिँडेका प्रेमलाललाई वि.सं २०७१ असारमा उदासीपुरको जंगलमा मृत फेला पारिएको थियो । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा पेस गरिएको छ ।
यसैगरी आफ्नी श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका कैलालीको लम्कीचुहा नगरपालिका–७ का बालाराम बसुटेललाई अदालतको आदेशबमोजिम पुर्पक्षका लागि जिल्ला कारागार पठाइएको छ ।
गत मङ्सिरमा श्रीमती सरस्वतीलाई बालारामसहितले विष सेवन गराई हत्या गरेको लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।