छोरीलाई विष खुवाएर आमाले गरिन आत्महत्या, एक छोरीको ज्यान गयो

सर्लाही, पुस १९ । सर्लाहीमा एक महिलाले तीन छोरीलाई विष खुवाएर आफूले पनि विष सेवन गरेकी छिन । तीन छोरीलाई विष खुवाएर आफूले पनि विष खाएकी पिपरिया–३ कि ३० वर्षकी गुन्द्रु देवीको ज्यान गएको छ । भने विष खुवाइएकी एक छोरीको पवनि ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

गुन्द्रु र चन्दाकुमारीको उपचारका लागि जिल्ला मलंगवा लैजाने क्रममा ज्यान गएको स्थानीयले जानकारी दिएका छन् । विष सेवनबाट गुन्द्रु देवीकी १३ वर्षकी छोरी पूजाकुमारी र तीन वर्षकी छोरी राधाकुमारी गम्भीर बिरामी परेका छन् । उनीहरुलाई मलंगवामा उपचार हुन नसकेपछि वीरगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा गरिबीका कारण गुन्द्रु देवीले आफूसहित छोरीहरुलाई विष सेवन गराएको हुनसक्ने सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सीताराम रिजालले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: