महतोको कडा अभिव्यक्ति- ‘मधेसबाट ब्याण्ड बाजा बजाएर एमालेको विदाई गरिन्छ’

सप्तरी, पुस १९ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेलाई तराई–मधेसमुक्त बनाउनुपर्ने कडा अभिव्यक्ति दिएका छन् । प्रेस मञ्च सप्तरीद्वारा मंगलबार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमालेले मधेसीलाई धेरै नै हेपेको भन्दै एमाले पार्टीलाई मधेसका गाउँ–गाउँबाट विदाई गर्न मधेसी जनताहरुसँग अब्हान गरेको बताए ।

एमालेप्रति आक्रामक देखिएका महतोले भने–‘एमालेलाई मधेस चाहिएन भने मधेसलाई पनि एमाले चाहिएको छैन, ब्याण्ड बाजा बजाएर एमालेको विदाई आयोजना गरिनुपर्छ ।’
कांग्रेस माओवादी केन्द्र र एमालेलाई उनले डाँकाको संज्ञा दिए । ‘ मधेसी, आदिवासी, जनजातीको अधिकार लुट्ने कांग्रेस–माओवादी अधिकार दिन तयार भएपनि एमाले दिन नचाहेर ठूलो डाँका बनेको छ’ उनले भने ।

याे पनि पढ्नुस  मधेश अधिकार सम्पन्न नभएसम्म आन्दोलन जारी रहने : नेता महतो

एमालेले संशोधन विधेयकमा छलफल रोक्ने गरी आएको संसद अवरोध गैरलोकतान्त्रिक भएको बताउँदै मधेसी मोर्चाका नेता महतोले एमालेले संघीयता धरापमा पार्दै संविधान कार्यान्वयन हुन नदिने योजनामा रहेको बताए ।

मधेसका गाउँ गाउँबाट व्याण्डबाजा बजाएर विदाई गरेपछि एमाले सही ठाउँमा आउने उनले बताए । आफ्नो विदाई भइरहेको खबर थाहा पाएपछि एमाले ठीक ठाउँमा आउने र संविधान संशोधनमा तत्परता देखाउँछन् महतोले भने ।

याे पनि पढ्नुस  राजेन्द्र महतोले भने- मोदीको बिरोधले नेपालकै बेइज्जत भो

मुलुकमा संविधान कार्यान्वयन अति आवश्यक रहेको बताउँदै उनले संशोधन बिना कार्यान्वयन हुनै नसक्ने दाबी गरे । उनले संविधान कार्यान्वयनका लागि भएपनि संशोधन प्रकृयालाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

संविधान संशोधन बिना चुनाव गराइए पूर्वराजा ज्ञानेन्द्रले गराएको चुनाव जस्तै हुने र त्यसमा मधेसीले बहिष्कार गर्न वाध्य हुने महतोले बताए ।

कमेन्ट गर्नुहोस्