बाबुको मृत्युपछि प्रेमिकालाई तीन लाख रकम हस्तान्तरण

इलाम, पुस १९ । इलाम नगरपालिका–२ का ‘मानबहादुर राई बचाउ’ अभियानका क्रममा संकलन भएको मध्ये तीन लाख रूपैयाँ उनकै छोरी प्रिमिका राईलाई हस्तान्तरण गरिएको छ ।

मानबहादुरको दुवै मृगौला नष्ट भएर उपचारकै क्रममा मृत्यु भएपछि संकलन भएका रकम उनको छोरी प्रिमिकालाई शिक्षाका लागि हस्तान्तरण गरिएको अभियानका लागि गठित समितिका अध्यक्ष हुकुमलाल थेवेले जानकारी दिए ।

याे पनि पढ्नुस  खनाल र नेम्बाङ भारी मतले अगाडि

प्रिमिका अहिले कक्षा ६ मा अध्ययनरत छिन् । मृगौला पीडित राईलाई बचाउन थेवेको संयोजकत्वमा गत जेठ १२ गते पाँच सदस्यीय समिति गठन भएको थियो।

सो अभियानमा सात रु लाख ९२ हजार ४६९संकलन भएकामा राईको उपचारमा रु।तीन लाख ८५ हजार चार सय ५८र राईको मृत्युपछि रु ८२ हजार ५०९ काजकिरियामा खर्च गरिएको समितिले जनाएको छ ।

याे पनि पढ्नुस  कुचोको मूल्यमा दोब्बरले कमी

राईको कात्तिक ३० गते उपचारकै क्रममा मृत्यु भएको थियो । सो अभियानमा अमेरिका, युके, मलेसियामा रहेका इलामलेली र इलाममा कार्यरत सङ्घ संस्था तथा व्यक्तिले स्वेच्छिक रूपमा सहयोग गरेको समितिका विजय खाकीले बताए ।

कमेन्ट गर्नुहोस्