शाखा अधिकृतमा ३० गुणाभन्दा बढीले दिए आवेदन

काठमाडौं, पुस १९ । लोकसेवा आयोगले निजामती सेवातर्फको राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) का लागि पाँच सय तीन जनाको आवेदन मागेकोमा अहिलेसम्म ३० गुणा बढीले आवेदन फाराम भरेका छन् ।

आयोगले मंसिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दरखास्त आवेदन माग गरेको थिए ।

शाखा अधिकृत पदका लागि पाँच सय तीन जना मागेको मध्येमा १५ हजारले आवेदन भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए ।

आज राति १२ बजेसम्म आयोगले तोकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ ।

गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न थालेपछि जतिबेला पनि उम्मेदवारले फाराम भर्न सक्नेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: