दृष्टिविहीन भएर पनि बाख्रापालन व्यवसाय !

भीमदत्तनगर, पुस १९ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरका अति विपन्न परिवारका ५१ वर्षीय जीतबहादुर चौधरी जन्मदेखि नै दृष्टिविहीन हुन् । संसार देख्न नपाएका चौधरीले यतिबेला बेलौरी नगरपालिकामा बाख्रापालन व्यवसाय गर्दै आएको छ ।

जीतबहादुरले रामनगरस्थित हिमचुली बाख्रापालन समूहमा आबद्ध भएर बाख्रापालन गर्दै आएका छन् । ‘दिनभर बाख्राखोरमै काम गर्छु,’ उनले भने– “बाख्राका लागि डोरी बनाउनेदेखि घाँसपातको व्यवस्थापनमा समय खर्चिन्छु ।’ गाउँमा रहेको सामुदायिक वनले चौधरीलाई बासका लागि टहरा बनाउन जग्गा उपलब्ध गराएको छ ।

याे पनि पढ्नुस  विद्युतीय यन्त्रबाट मतदान गर्न माग

‘सम्पत्तिका नाउँमा सामुदायिक वनले टहरा बनाउन दिएको जग्गा मात्रै हो,’ चौधरीले भने– ‘बाख्रापालनबाट आम्दानी गर्न सकिन्छ कि भनेर समूहमा आवद्ध भएको छु ।’ चोधरी दम्पती शारिरीक रुपले अशक्त भएका कारण विगतमा गाउँमा मजदुरी गरेरै परिवारको लालनपालन गर्दै आएका छन् ।

उक्त समुहले १७५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेको हो । समुहमा आवद्ध प्रायः आदिवासी र विपन्न परिवारका छन् । हिमचुली बाख्रापालन समुहका अध्यक्ष हरिदास चौधरीका अनुसार दृष्टिविहीन जीतबहादुर निकै सक्रिय रुपमा बाख्रापालनमा संलग्न रहेको बताए ।

याे पनि पढ्नुस  दृष्टिविहीन दाजुभाइ दिदीबहिनी, कहाँ जाला यिनको भविष्य ?

उनका दुई छोरी र एक छोरा छन् । जेठी छोरीले गाउँमै सामान्य किराना पसल सञ्चालन गरेको छ । दुई छोरा छोरी गाउँकै सरकारी स्कूलमा पढ्दै आएका छन्। शुक्लाफाँटा आरक्षबाट विस्थापित भएर उनीहरु रामनगर पुगेका हुन् ।

आरक्षका कारण विस्थापित भएपछि सरकारले दिएको दश कठ्ठा जग्गामा चौधरीका पाँच दाजुभाई बस्दै आएको छ । लामो समयसम्म गाउँलेले चौधरीलाई खाद्यान्न उपलब्ध गराएका थिए ।

याे पनि पढ्नुस  दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा बडैलाको कीर्तिमानी प्रदर्शन

‘खान लगाउनै समस्या छ, छोरीले पसल संञ्चालन गरेपछि सामान्य घरखर्च जुटेको छ,’ उनले भने । दुवैजना अपाङ्ग भएकै कारण सरकारले मासिक रु तीन–तीन सय भत्ता उपलब्ध गराउँदै आएको छ ।

कमेन्ट गर्नुहोस्