झापा, पौष १९ । प्रधानमन्त्री प्रचण्डले झापा जिल्लामा धान सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् । कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालित धानको सुपरजोन क्षेत्रका रुपमा झापालाई छनौट गरि सुरु हुने कार्यक्रमको प्रधानमन्त्री आज एक समारोहमा उद्घाटन गरेका हुन ।
हेर्नुस् तस्वीरमा
ताप्लेजुङको अवलोकनपछि झापा आइपुगेका प्रधानमन्त्रीले कृषिमा आधुनिक प्रविधि, सीप र दक्षता भित्र्याएर आर्थिक विकासमा योगदान दिन सुपर जोनले विशेष भूमिका खेल्ने बताए ।
प्रधानमन्त्रीले उक्त अवसरमा बिभिन्न आधुनिक कृषि प्रविधिहरुको समेत अवलोकन गरेका छन् ।