कठमाडौं, पुष १९ । सरकारले देशभरी लोडसेडिङ अन्त्य गर्ने प्रयासलाई तीब्र बनाएको छ ।
दीर्घकालमा भारतबाट आयात नगरी स्वदेशी उत्पादनलाई उपयोग गरेर माग अनुरुपको विद्युत उत्पादन गर्ने लक्ष्य अनुरुप सरकारले बिभिन्न आयोजनाबाट उत्पादित बिद्युत राष्ट्रिय प्रसारणमा जोडेको हो ।
माथिल्लो मस्र्याङ्गदी, अपर मादी, हेवा खोला, खानी खोला, चाके खोलालगायतका विद्युत आयोजनाबाट उत्पादन भएको बिजुली अहिले राष्ट्रिय प्रसारणमा जोडिएको छ । यो करिब एक सय मेगावाट हुन जान्छ ।
सरकारले यस अतिरिक्त निर्माणाधिन आयोजनाहरुको कामलाई समेत धमाधम पुरा गर्न विशेष सतर्कता अपनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड स्वयम्ले माथिल्लो तामाकोशी, चमेलियालगायतका कतिपय आयोजनाहरुको स्थलगत भ्रमण गरी तत्काल समयमा नै काम सक्न निर्देशन दिएका छन् ।
राजधानीमा बिद्युत आपूर्तिको व्यवस्थापनलाई सही ढंगले सुचारु गरेको कारण उपभोक्ताको मागलाई धान्न सकिएको प्राधिकरणले जनाएको छ ।