चुट्किलाः शेरेले हाकिमसंग चाउमिन अर्डर गरेपछि

शेरको एउटा अफिसमा जागिर लाग्यो  । पहिलो दिन अफिस गएछ। दिनभरी काम गरेपछी खाजा खाने समय भएछ ।

शेरेले फोन गरेर खाजा अडर गर्दै भनेछ:- ए भाई यहाँ एक प्लेट चाउमिन र दुधको चिया ल्याउ त छिट्टै ।

तर फोन गल्तिले गर्दा त्यही अफिसको एक्सटेनसानमा पुगेछ।

उताबाट:- ओई त को सगँ कुरा गर्दैछस् तलाई थाहा छ?

शेरेः थाहा छैन

उताबाट:- म यो अफिसको M.D. हुँ?

शेरे:- तलाई थाहा छ, को सगँ कुरा गर्दैछस्?

उताबाट:- थाहा छैन ।

शेरे:-त्यसो भने ठिकै छ। (त्यती भनेर शेरेले फोन ढ्याक्क राखेछ।)

कमेन्ट गर्नुहोस्

%d bloggers like this: