विश्वज्योति मलमा टीसीएल ब्राण्डका सामाग्रीहरु प्रदर्शनीमा

काठमाडौं, पुस २० । अन्तर्राष्ट्रिय मान्यता प्राप्त विश्वकै ठूलो टिभी ब्राण्ड टीसीएलका सामाग्रीहरु, जमलस्थित विश्वज्योती मलमा प्रदर्शन भइरहेको छ ।

एक हप्तासम्म चल्ने उक्त प्रदर्शनमा ग्राहकहरुले टीसीएलका सामाग्रीहरुको अवलोकन गर्ने मौका पाउनुका साथै सामाग्रीहरु खरिद गर्दा विशेष छुटको व्यवस्था पनि गरिएको छ ।

ग्राहकहरुलाई सामाग्रीहरुको बारेमा अझ बढी ज्ञान र जानकारी होस् भन्ने हेतुले यस प्रर्दशनीको आयोजना गरिएको हो ।

लेड टिभीहरुको लागि विश्वकै तेस्रो ब्राण्ड टिसीएलले नयाँ आयाम र उत्पादनहरुको डिजाइन थप्दै सधै अग्रसर रहने गरेको छ ।

टिसीएल ले नेपाली बजारमा छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ ।

नेपालका लागि चौधरी ग्रुपअन्तर्गत (ईओएल प्रालि), टिसीएल ब्राण्डको आधिकारिक बिक्रेता रहेको छ ।

कमेन्ट गर्नुहोस्