प्रेमगीत–२ को फेरि छायाँकन सुरु, स्वस्तिमा र प्रदिपको रोमान्स

नेपाली चलचित्र सुटिङ गर्ने क्रममा गाडी दुर्घटना भएको थियो । त्यस दुर्घटनामा निर्माता–निर्देशकसहितको टिम परेपछि केही दिनअगाडि रोकिएको चलचित्र प्रेमगीत–२ को छायांकन पुनः सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित कर्मा लाउन्जमा क्लब डान्स फिल्मको छायांकनसँगै प्रोजेक्ट पुनः सुरु भएको हो । कर्मामा छायाँकन भईरहेको क्लब गीतमा अभिनेता प्रदिप खड्का, निर्देशक निश्चल बस्नेत पत्नि तथा अभिनेत्री स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् ।

चिसिएको काठमाडौंमा हट अवतारमा प्रदिप र स्वस्तिमा भेटिए । चार दिनसम्म लाउन्जमा चल्ने क्लब डान्स सुटिङमा स्वस्तिमा, प्रदीप र डेब्यू अभिनेत्री अश्लेषा ठकुरी फ्रेमिङ हुनेछन् ।

सेतो र नीलो रङयुक्त स्कटल्यान्ड झन्डाको विद्युतीय ब्याकड्रप, कस्ट्युम, प्रप्स र डिजाइन गरिएको महंगो सेटमा डान्स सुट गरिंदैछ । ‘स्कटिस थीममा हामीले गीत सुट गर्दैछौं ।

कथाको माग पनि यही हो’ नृत्य निर्देशक रिनशा राईले भनिन्– ‘वार्डरोव, डान्स र ब्याकड्रप फ्युजनमा मिहेनत गरेका छौं ।’

फेसन डिजाइनर युबी थापाले आकर्षक स्कटिस कस्ट्युम डिजाइन गरेका छन् । यो सुट सकिएसँगै निर्माण टिम पोखरा तर्फ लाग्नेछ । फिल्मका निर्देशक रामशरण पाठक हुन् ।

कमेन्ट गर्नुहोस्