काठमाडौं, पौष २० । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा २८ वर्षको हदम्याद तोकिएको छ । अब २८ वर्ष पुगेका विद्यार्थीहरु चुनाव लड्न पाउने छैनन् । अखिल क्रान्तिकारीलगायत केही बिद्यार्थी संगठनहरुले माग गर्दै आएका थिए । त्रिभवन विश्वविद्यालयको सिनेट बैठकले आगामी निर्वाचनबाट लागु हुने गरी २८ वर्ष भन्दा माथिकाले उम्मेद्ववारी दिन नपाउने निर्णय गरेको हो ।
अखिल क्रान्तिकारीले उम्मेदवारको उमेर हदम्याद तोक्नुपर्ने भन्दै त्रिविसमक्ष माग गर्दै आन्दोलन समेत गरेको थियो । यद्यपी त्रिविले यसबारेमा कुनै निर्णय भने गर्न सकेको थिएन ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते स्ववियू निर्वाचनको मिति तोकिएको छ । आजको सिनेट बैठकले बैठकले शिक्षक कर्मचारी शिक्षा सम्बन्धि नियम, आर्थिक नियम, शैक्षिक संगठन सम्बन्धि नियम संशोधन गर्ने निर्णय समेत गरेको छ ।