प्रेस काउन्सिलको पत्रपत्रिकार वर्गीकरण नियोजित: प्रेस सेन्टर

काठमाडौं, पुस २० । प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरणमा नियोजित ढंगले व्यवहार गरेको ठहर गर्दै प्रेस सेन्टर नेपालले गम्भिर आपत्ति जनाएको छ । काउन्सिल जस्तो निश्पक्ष निकायले भनसुन र पूर्वाग्रहीका आधारमा वर्गीकरण गरेको भनि सेन्टरका महासचिव विष्णु प्रसाद सापकोटा ‘जुगल’ले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्गीकरण तत्काल सच्चाउन चेतवानी दिएका छन् ।

‘विभिन्न शहर, जिल्लाबाट नियमिति प्रकाशन भइरहेका दैनिक, साप्ताहिक, मासिक तथा साहित्यिक पत्रिपत्रिकाहरुलाई नियोजित ढंगले तल्लो श्रेणीमा राख्ने तथा अत्यन्तै पूर्वाग्रही भएर वर्गीकरण गरिएको हाम्रो ठहर छ’, विज्ञप्तिमा उल्लेख छ ।

विगतमा उपल्लो श्रेणीमा स्थापित कतिपय पत्रपत्रिकाहरुलाई छानिछानि तल्लो श्रेणीमा राखिएको सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘कतिपय नामै नसुनिएका र बजारमै नआएने पत्रिकालाई एकैचोटी दुई÷तीन श्रेणीमा उकास्ने कार्य समेत भएको छ’, विज्ञप्तिमा काउन्सिललाई चेतवानी दिंदै भनिएको छ– ‘हाम्रो संगठन विभेदपूर्ण ढंगले गरिएको पत्रपत्रिकाको वर्गीकरणको विरोध गर्दछ र यसलाई तत्काल सच्चाउन काउन्सिलको ध्यानाकर्षण गराउने चाहन्छ । अन्यथा यसबाट निस्कने परिणामको जिम्मेवार काउन्सिलले लिनु पर्ने चेतवानी दिन चाहन्छ ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: