चुट्किलाः प्रेमिकाले गोरेलाई रोएर देखाइदिन भनेपछी…

गोरे र उसको प्रेमिका एक दिन टाढा घुम्न गएछन् ।
माया प्रेमका कुरा गर्दै जाँदा गोरेलाई प्रेमिकाले सोधिछनः तिमी मलाई कति माया गर्छौ गोरे?

गोरेः एकदम धेरै माया गर्छु म तिमीलाई प्रिय ।

प्रेमिकाः म मरेपछि पनि माया गरिरहन्छौं ।

याे पनि पढ्नुस  श्रीमतीलाई बेचेपछि

गोरेः अँ ।

प्रेमिकाः म मरे भने मलाई सम्झेर रुन्छौ?

गोरेः अँ, रुन्छु नी प्रिय ।

प्रेमिकाः त्यसो भए एकपटक रोएर देखाउ न ।

गोरेः पहिला, तिमी मरेर देखाउ न ।

गोरेको एक मिनेटमै ब्रेकअप ।

कमेन्ट गर्नुहोस्