भारतीय क्रिकेटमा धोनी युग समाप्त, छाडे कप्तानी

एजेन्सी । भारतिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले एक दिवसीय विश्वकप र टी ट्वान्टी टोलीको कप्तानी पदबाट राजिनामा दिएका छन् ।
तर उनी विकेटकिपर बल्लेबाजको रुपमा भने क्रिकेट खेलिहने छन् । बीसीसीआईले बुधबार राती ट्वीट गरेर धोनीले कप्तानी पद छाडको बताएको छ ।

इंग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खलाको पूर्वसन्ध्यामा उनले कप्तानी पदबाट राजिनामा दिएका छन् । उनले सन् २०१४ मा टेस्ट क्रिकेटबाट अचानक सन्यास लिएका थिए । धोनीपछि टिमको कप्तानी पद क्रिकेटर विराट कोहोलीलाई दिन सकिने बताइएको छ । २०१९ मा हुने विश्वकपमा नयाँ कप्तानलाई भरपुर समय मिलोस भनेर उनले यस्तो निर्णय लिएको हुन सक्ने बताइएको छ ।

कप्तानीको रुपमा महेन्द्रसिंह धोनीको रेकर्ड राम्रो छ । सर्वाधिक एकदिवसिय म्याचमा कप्तानीको भुमिका निभाउने स्थानमा उनी तेस्रो नम्बरमा पर्छन् । उनले १९९ एकदिवसिय म्याचको कप्तानीमा ११० खेलमा टोलीलाई विजयी दिलाएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: